काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री पद छोड्नुपर्दा मन्त्रालयमा सबैका अगाडि रुन थाल्नुभयो ।
मन्त्रालयबाट बिदा लिने बेलामा उहाँका आँखा आँशुले भरिए ।
नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा (एमाले) सँग पार्टी विभाजन गरेर दर्ता गरेपछि रामकुमारी झाँक्रीलाई मन्त्री नियुक्त गरेको थियो ।
यही २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेर राजीनामा दिन दवाव दिँदै आएको थियो ।

तर मन्त्रीहरुले आफूहरुले बनाएको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन चाहेकाले केही समय रहने अडान राख्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत भएपछि उहाँहरु हट्नुभएन ।
तर पार्टीभित्र ठूलै कमजोरी गरेकाहरु जस्तो गरेर आजै र भोलि नै राजीनामा गर्न दवाव दिइयो ।
शनिबार एकीकृत समाजवादीले अब पर्खिन नसक्ने भन्दै तत्काल सपथ गराउन प्रधानमन्त्रीलाई आग्रह गर्यो । त्यसको भोलिपल्ट राष्ट्रियसभामा जवाफ दिएकी मन्त्री झाँक्रीले आजै पदबाट राजीनामा दिनुभयो । त्यसअघि मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो ।
कार्यक्रममा झाँक्री निकै भावुक बन्नुभयो । मन्त्रालयका कर्मचारीले ८ महिना २० दिनमा गरेको कामको फेहरिस्त सुनाउँदा उहाँले निरन्तर आँशु झारिरहनुभयो । उहाँले सञ्चारकर्मीको प्रश्न लिनुभयो, तर असहज भएको भन्दै जवाफ दिन सक्नुभएन ।
छोटो प्रतिक्रिया दिनुभएकी एकीकृत समाजवादीकी सचिव समेत रहनुभएकी झाँक्रीले गत चैतमा नै मन्त्री फेर्न चाहेको थाहा पाएपछि पूर्व जानकारी दिन आग्रह गरेको बताउनुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो
- ५ पाण्डवलाई द्रोपदीले कसरी एकसाथ “शारीरिक सुख” प्राप्ति गराउथिन् !
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- फेसबुकमा `सुसाइड नोट´ लेखेकी लोकदोहोरी गायिका सुनार मृत भेटिइन्
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- भोलिदेखि ग्रहहरूका सेनापतिले मच्चाउनेछ हलचल, यी राशिमा प्रवेश गरेर बढाइदिनेछ समस्या
तर चुनाव समीक्षाका लागि बोलाएको बैठकले मन्त्री फेर्ने निर्णय गरेको र सञ्चार माध्यमबाट थाहा पाउनु परेको गुनासो पोख्नुभयो ।
भोलिपल्ट प्रधानमन्त्रीलाई भेटेर के गर्ने भनेर सोधेको र बजेटसम्म काम गर्नु भनेको भन्दै झाँक्रीले भन्नुभयो, ‘आफूले बनाएको बजेटको बचाउ गर्ने रहर थियो । आफूले गरेको काम भन्ने र स्थापित गर्ने रहर थियो ।’ तर त्यो अवसर दिइएन भन्दै उहाँ बारम्बार भक्कानिनुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

