काठमाडौं । कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाटकै हो र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नौटंकी नै हो भनेर गरेको भाषणको अडियो खुबै भाइरल भएको थियो ।

त्यसपछि नाटक र नौटंकी शब्द झनै भाइरल बन्यो । अहिले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पद जाँदा आएको आँशुलाई यी नै शब्दमा व्यक्त गर्न थालिएको छ ।

सामाजिक सञ्जालभर नै उहाँको रोएको तस्वीर पोष्ट गरेर आफ्नो धारणा राख्ने क्रम जारी छ । उहाँहरु सबैले कसैले यो नाटक हो भन्नुभएको छ त कसैले नौटंकी नै हो भन्नुभएको छ ।

पदबाट राजीनामा दिएर मन्त्रालयमा बिदाई कार्यक्रममा सहभागी हुँदा उहाँको आँखाबाट बारम्वार आँशुका धारा बगेका थिए ।

आँश आँशुले नै भरिएका थिए । मन्त्री बनेर कुर्सीमा बसेको क्षणमा भने उहाँमा खुशीको उन्माद थियो । हासोलाई रोक्न सक्नुभएको थिएन ।

मन्त्रालयमा आइतवार साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँ पटक पटक भावुक बन्नुभयो ।

एकीकृत समाजवादी पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि उहाँले पटक पटक रोक्ने प्रयास गर्नुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अब मेरा लागि अध्यक्ष मेरेतुल्य भयो सम्म भनेर धम्क्याउनुभयो । तर केही लागेन ।

उहाँ आइतवार अपरान्ह सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनअघि राजीनामा पत्र बुझाउन बालुवाटार पुग्नुभएको थियो ।

पटक पटक भावुक भएकी उहाँले टिस्यु पेपरले आँशु पुछ्दै आफूलाई सहज बनाउने प्रयास गर्नुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

भावुक भएपछि माहोल सम्हाल्दै उहाँ घरी घरी हाँसेकोपनि देखिन्थ्यो । सबै कुरा ठिकठाक छैन कि जस्तो सम्म देखिन्थ्यो । उहाँ भावुक हुँदै गर्दा मन्त्रालयका सचिवले उहाँको प्रशंसामा शब्द खर्चिनुभएको थियो ।

तर उहाँको त्यो आँशु के कारणले आएको हो भने ठम्याउन अझै सकिएको छैन । कतिले त्यो आँशु नाटकको लागि देखाएको भनेर कमेन्ट गर्नुभएको छ ।

आफ्नो मन्त्री पदमा रहँदा झाँक्रीले कुनै स्मरण गर्न लाइक नरहेको जनागुनासो छ। यसैले उहाँको आँशु नाटकै हो, नौटंकी नै हो भन्दै आम नागरिकले कमेण्ट गरिरहनुभएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु