काठमाडौं । देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जारी मिति: २०७९/०३/१४ गते बिहान ०६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status) हाल देशको प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाकी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
२०७९ असार १४ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ असार १५ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७९ असार १६ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश केही स्थानहरुमा र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- श्रीलंकामा तेल सकियो, किन्ने डरपनि छैन : अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- यी ५ सरल तरिकाबाट सेक्स लाइफ बनाउँनुहोस् झनै फण्टासी
- लन्डनबाट एक महिनादेखि एक नेपाली बेपत्ता, खोजीका लागि सहयोग गर्न सबैमा अपिल
- अनौठो रुपमा नेपाल छिरेर भारत ल्याउँदै १३ नेपाली कुमारी बालिकालाई शिकार बनाएको दिनेश पक्राउ
- मंगल-राहुको संयोगले ३७ वर्षपछि बनेको अंगारक योग यी राशीका लागि बढ्दो कठिनाई
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- अभिनेत्री मलाइकाले प्रेमी अर्जुनलाई दिइन् जन्मदिनको उत्कृष्ट शुभकामना, यति धेरै खुशी साझा गरे [ ९ तस्वीर ]
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- बेलायतसँग वार्ताको पहलका लागि भूपू गोर्खाले गुहारे प्रधानमन्त्री र प्रचण्ड
- नेपाल सरकारले अमेरिकालाई पठायो एसपीपीमा आबद्ध नहुने निर्णय
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

