लन्डन । गोर्खाहरुको समस्या समाधानका लागि हुने भनिएको वार्ता लामो समय वितिसक्दा पनि हुन नसकेको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले तत्काल वार्ता गर्न कुटनीतिक पहलका लागि दवाव बढाउन थालेका छन् ।

वार्ता समिति गठन भइसक्दा पनि वार्ता नभएपछि गेसोले तत्काल वार्ता हुनुपर्ने कुरालाई जोड दिदै यसका लागि पहल गरिदिन नेपालका शीर्षहरुसँग वार्ता सुरु गरेका छन् ।

वार्ताद्धारा गोर्खाहरुको समस्या समाधान उन्मुख भइसक्नुपर्ने भएपनि वार्ता नै अझै टुंगो नलागेको भन्दै गोर्खा भूतपूवै सैनिक संघ (गेसो) ले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुहारेका छन् ।

प्रधानमन्त्री देउवा र दाहालसँग छुट्टाछुट्टै र संयुक्त रुपमा गेसोका सभापति कृष्णकुमार राईसहितको टोलीले ध्यानाकर्षण गराएर वार्ताको पहलमा जोड दिन आग्रह गरको छ । गेसोको टोलीले प्रधानमन्त्रीसँग भेट गरी तत्काल वार्ताका लागि आवश्यक पहल गरिदिनका लागि आग्रह गरेका छन् ।

गेसोका टोलीले प्रधानमन्त्री समक्ष वार्ता प्रक्रियामा भएको ढिलाई प्रति चिन्ता व्यक्त समेत गरेका छन ।

गेसोले सोही दिन सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल समक्ष पनि वार्ताबारे छलफल गरेका छन । वार्ता ढिलाई प्रति चिन्ता व्यक्त गर्दै तत्काल वार्ताको वातावरण निमार्णका लागि सकरात्मक भुमिका खेलिदिनका लागि आग्रह गरिएको गोर्खा भूतपूर्व सैनिक संघ गेसाका सभापति कृष्णकुमार राईले बताउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपाली सरकारवीच वार्ता चाडै हुने र त्यसकालागि नेपाल सरकार सकरात्मक रहेको प्रधानमन्त्री र माओवादी केन्द्रको अध्यक्षसँगको भेटवार्तापछि सभापति राईले बताउनुभयो ।

गोर्खाहरुको समस्याबारेमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले सकरात्मक लिनुभएको छ । नेपाल सरकारमा हुने पहल तत्काल हुने कुारमा विश्वस्त छौं, राईले भन्नुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा गेसोले गोर्खाहरुको सन्तानहरुलाई बंशजको आधारमा नागरिकता दिन प्रधानमन्त्री समक्ष माग गर्नुभयो ।

बैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु