२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

छात्रालाई आफ्नै घरमा बोलाएर बलात्कार गर्ने पूर्वक्याम्पस प्रमुख पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । बलात्कार अभियोगमा दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक ५५ वर्षीय शेषमणि गौतम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जागिरको प्रलोभन देखाएर एक जना २२ वर्षीया छात्रालाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा जेठ पहिलो साता पक्राउ परेका पूर्वक्याम्पस प्रमुखसमेत रहेका शर्मालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

दाङभन्दा बाहिर घर भएकी ती छात्रा विगत केही वर्षयता देउखुरीकै एक प्राविधिक कलेजमा अध्ययन गर्दै आएकी थिइन्।

शर्माको घर नजिकै लमही नगरपालिका वडा नं. – ५ रातोडाँडामा कोठा भाडामा बस्दै आएकी ती छात्रालाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका शर्माले आफ्नी श्रीमती नभएको समयमा दिउँसो आफ्नो घरमा बोलाई बलात्कार गरेको किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए।

 

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस