२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

जहाज उडानका क्रममा फोटो र भिडियो खिच्ने पाइलट निलम्बनमा

Pilot suspended for taking photos and videos during flight

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानका क्रममा फोटो र भिडियो खिच्ने एक पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले बुद्ध एयरका एक पाइलटलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो। जहाज उडानका क्रममा तस्बिर वा भिडियो खिच्ने नियम उल्लङ्घन गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो। सोही उजुरी आधारमा उनलाई कारबाही गरिएको प्राधिकरण जनाएको छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस