२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

झाडापखाला लाग्दापनि उपचार गर्न भारत जाने राष्ट्रपतिका लागि अनेरास्ववियुले सहयोग संकलन थाल्यो

ANNFSU started collecting support for the president health treatment

काठमाडौं । नेपालका साधारण अस्पतालमा समेत उपचार हुन सक्ने सामान्य रोग लाग्दा समेत भारत उपचारका लागि दौडिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका निम्ति अनेरास्ववियुले सहयोग संकलन थालेको छ । राज्यको ढुकुटी रित्याउने भए बरु जनताले सहयोग गरौं भन्दै विरोध स्वरुप नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नेपाल कमर्श क्याम्पस कमिटी ले एक व्यक्तिबाट रु १ सहयोग संकलन सुरु गरेको हो । दानपेटीका नै खडा गरेर एक रुपैयाँ कलेक्शन थालिएको छ अनेरास्ववियुका नेताहरुले बताउनुभयो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने निर्णय गरेको छ । राष्ट्रपतिले बिल भरपाई सहित खर्च दिन सरकारलाई पत्र लेखेपछि सरकारले निर्णय गरेको बुझिएको छ । त्यसपछि आम नागरिकले सर्वत्र विरोध गरिरहेका छन् । यसअघि सस्तो लोकप्रियता कमाउन भारतमा राष्ट्रपतिले आफ्नै रकमबाट उपचार गर्ने भन्दै राष्ट्रपतिको सचिवालयमा कार्यरतले प्रचार गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस