२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

मोदी र बाइडेनबीच दिल्लीमा भेटवार्ता, सम्बन्ध सुदृढ बनाउन जोड

काठमाडौं । जी–२० बैठकमा सहभागी हुन आएका अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। उल्लेखनीय कुरा के छ भने जी २० देशहरूको शिखर सम्मेलन शनिबार दिल्लीमा सुरु हुँदैछ, जसमा सहभागी हुन विश्वका सबै शीर्ष राष्ट्र प्रमुख भारत आइपुगेका छन्।

भेटको बारेमा प्रधानमन्त्रीको कार्यालयले ट्वीट गर्दै लेखेको छ, प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितबारे वार्ता गरिरहेका छन्। उनीहरुबीच धेरै विषयमा वार्ता भइरहेको छ र यी वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस