२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

यूएईविरुद्ध नेपाललाई पाँचौं झड्का : कप्तानसहित एकपछि अर्को गर्दै ‘बीग डेन्जरस म्यान’ हरु चकनाचुर

Highest partnership for the 5th wicket Nepali Kushal Malla and Dipendra Singh Airi Nepal VS Hong Kong Mulpani 21 Oct 2023 T20I

काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई पाँचौं झड्का लागेको छ । ६.४ ओभरमा नेपालका ‘बीग डेन्जरस म्यान’ कुशल मल्ल आउट भए ।

४.६ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका थिए । त्यस लगत्तै ७.३ ओभरमा अर्का ‘बीग डेन्जरस म्यान’ कुशल भुर्तेल आउट भए । त्यसपछि १२.१ ओभरमा कप्तान रोहित पौडेल आउट भए । त्यसलगत्तै १२.४ ओभरमा कीर्तिमानी ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आउट भए ।

यूएईका युवा बलर अयान अफजल खानले दुई विकेट लिए । १२.४ ओभरमा नेपालले १०९ रन बनाएको छ । अहिले सन्दीप जोरा र गुल्सन झा क्रिजमा छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस