२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

विश्वकप क्रिकेटमा भारतीय कमेन्टेटरले ‘सगरमाथा भारतको हो’ भनेर सारा नेपालीलाई बनाए स्तब्ध

In the World Cup cricket Indian commentator shocked all Nepali people by saying that Mount Everest belongs to India

६ कार्तिक, काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटको कमेन्ट्रीमा भारतीय कमेन्टेटरले सगरमाथाका बारेमा अफवाह फैलाउन खोजेका छन् । चर्चित कमेन्टेटर सञ्जय माञ्जरेकरले सगरमाथा भारतमा रहेको दावी गरेर सारा नेपालीलाई स्तब्ध पारेका छन् ।’

हिजो श्रीलंका र नेदरल्याण्डबीचको खेलमा माञ्जरेकरले अंग्रेजीमा कमेन्ट्री गरेका थिए । अप्रासंगिकरूपमा उनले सगरमाथाको प्रसंग निकाले । उनले भने, ‘इन्डिया हेज द हाइयस्ट पिक इन द वर्ल्ड, माउन्ट एभरेस्ट । (भारतमा विश्वको अग्लो चुचुरो माउन्ट एभरेस्ट छ ।)’

माञ्जरेकरको यस्तो कमेन्ट्रीलाई लिएर नेपालीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । उनले अञ्जानमा नभएर जानिजानि भ्रम फैलाउन खोजेको धेरैको आरोप छ । उनले बदनियतबस नै यो विषय बीचमा घुसाएका थिए । विश्वमा भ्रम छर्न उनले कसैको मिसन बोकेको आँकलन गरिएको छ ।’

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस