२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जतिसुकै जाडो किन नहोस्, जिन्ससहित यी ५ कपडा तातो पानीमा धुने गल्ती कहिल्यै नगर्नुहोस्

काठमाडौं । जाडो मौसममा हातले कपडा धुने अधिकांश मानिस तातो पानीको प्रयोग गर्छन् । चिसो पानीबाट हात जोगाउन यो विधि राम्रो हो । तर कपडाका लागि यो पटक्कै राम्रो हुँदैन् । यदि तपाई कपडालाई लामो समयसम्म राम्रो अवस्थामा राख्न चाहनुहुन्छ भने, त्यसलाई चिसो पानीले धुनुपर्छ । विशेष गरी यहाँ उल्लेख गरिएका ५ कपडालाई तातो पानीले धुन हुँदैन् ।

जीन्स
जीन्स अलि कडा कपडा हो, जसकारण त्यसलाई धुनु अलि मेहनत चाहिन्छ । त्यसैले कतिपयले यसलाई छिट्टै सफा गर्न तातो पानीमा भिजाउँछन् । यदि तपाई पनि यस्तो गर्दै हुनुहुन्छ भने होसियार हुनुहोस् । किनभने जीन्स सफा गर्ने यो तरिका एकदमै गलत हो । यदि त्यस्तो गर्नुभयो भने जिन्स चाँडै पुरानो देखिन थाल्छ ।

रेशम
रेशमलाई तातो पानीमा धुने गल्ती कहिल्यै नगर्नुहोस् । यसले तपाईको कपडामा एकै चोटि नराम्ररी क्षति पुग्न सक्छ । रेशमी कपडा धुने सबैभन्दा राम्रो तरिका चिसो पानी त्यो पनि हातले धुनु हो । कुनै पनि रेशमी सारीलाई तातो पानीमा धुँदा नराम्रोसँग बिग्रन्छ ।

गाढा रङ्गका लुगा
सामान्यतया तातो पानीमा रंगीन कपडा धुनु राम्रो कुरा हुँदैन् । किनकी रंगीन कपडाको चमक तातो पानीमा धुँदा हराउन थाल्छ ।

दाग लागेका लुगा
तातो पानीले कपडामा लागेको दाग सजिलै हटाउन सकिन्छ भन्ने धारणा गलत हो । तातो पानीको सम्पर्कमा आउने बित्तिकै दाग थप कडा हुन्छ । दाग सफा गर्न सधैं चिसो पानी प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस