२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नामले संसार हल्लाउने धनसिंह थापा, चीनसँगको लडाइमा मृत्युलाई जितेर महिनौँपछि फर्किए

India-China War

काठमाडौं । २० अक्टूबर १९६२ चिनियाँ सेनाले चुशुल एयरफिल्ड कब्जा गर्ने उद्देश्यले भारत, लद्दाखको एक पोस्टमा तोप र मोर्टार बम प्रहार गर्न थाल्यो । चीनको यो घुसपैठको सामना गर्न गोर्खा राइफल्सका केही सैनिकहरू पैंगोङ तालको उत्तरी किनारमा रहेको श्रीजप–१ चौकीमा उपस्थित थिए । जसले आफ्नो बहादुरीले चीनलाई एक पटक होइन, तीन पटक पछि हट्न बाध्य बनायो ।

दुर्भाग्यवश, अन्तमा, उनले पोस्ट बचाउन सकेनन् र बन्दी हुनुपर्यो । तर, सेनालाई यसबारे जानकारी थिएन । यो पोस्टमा चिनियाँ आक्रमणसँगै गोर्खा सैनिक शहीद भएको हुनुपर्छ भन्ने अनुमान गरिएको थियो । त्यसको नेतृत्व गरिरहेका मेजर धनसिंह थापाको परिवारले उनको अन्त्येष्टि समेत गरेका थिए । तर भारत–चीन युद्धपछि मेजर थापा मृत्युलाई परास्त गरेर चीनबाट फर्के र गोर्खा राइफल्सको गौरव बने ।

उत्तराखण्डको शिमलामा धनसिंह थापाको जन्म सन् १९२८ जुन ४ मा एक नेपाली परिवारमा भएको थियो । बाल्यकालदेखि नै थापा सेनामा भर्ती हुन चाहन्थे । हुर्कंदै जाँदा २८ अगस्ट १९४९ मा आफ्नो इच्छा पूरा भयो । सोही दिन थापालाई ८ गोर्खा राइफल्सको पहिलो बटालियनको सदस्य बनाइयो ।

नियुक्ति भएको दिनदेखि नै थापाले सबैलाई प्रभावित पारे । उनको बहादुरीका कथाहरू उनका सहकर्मीहरूबीच निकै प्रसिद्ध छन् । वरिष्ठ अधिकारीहरूले दिएको हरेक जिम्मेवारी उनले राम्रोसँग पूरा गर्थे । सोहीकारण हिमालय क्षेत्रको विवादित सीमामा चिनियाँ सेनाको घुसपैठ बढ्दै गयो । त्यसलाई रोक्न थापा अग्रपंतिमा देखिए ।

सन् १९६२ मा फरवार्ड पोलिसी अन्तर्गत भारतीय सेनाले विवादित क्षेत्रमा धेरै स–साना पोस्ट तयार पारेको थियो । भारतको यो कदमपछि चिनियाँ सेनाले आक्रमण नगर्ने अपेक्षा थियो । तर चीनको दिमागमा अर्कै कुरा चलिरहेको थियो । चिनियाँ सेनाले भौगोलिक अवस्थाको फाइदा उठाउँदै युद्ध सुरु गर्यो ।

यस युद्धको समयमा धनसिंह थापा ८ गोर्खा राइफल्सको प्रथम बटालियनका अन्य २७ जना साथीहरूसँग पैंगोङ तालको उत्तरी किनारमा रहेको श्रीजप पोस्टमा तैनाथ थिए । उनीहरूले आफ्नो वरपरको करिब ४८ वर्ग किलोमिटर क्षेत्र चिनियाँ सैनिकबाट सुरक्षित गर्नुपरेको थियो ।

त्यसपछि अक्टोबर २०, १९६२ मा चिनियाँ सेनाका करिब ६०० सैनिकले तोप र मोर्टारको सहायताले थापाको चौकीमाथि आक्रमण गरे । गोर्खा सैनिकहरूले चीनसँग पूर्ण शक्तिका साथ लडे र चिनियाँ सैनिकहरूको पहिलो प्रयासलाई विफल पार्दै ठूलो संख्यामा चिनियाँ सैनिकहरूलाई मार्न सफल भए । गोर्खाको जवाफ देखेर शत्रु चीन हैरान भयो । के गर्ने भन्ने कुराको तयारी नभएको चीनले रिसको झोकमा तुरुन्तै थापाको पोस्टमा गएर आगो लगाइदिएको थियो ।

गोर्खाहरूले फेरि एकपटक शत्रुलाई ह्यान्ड ग्रेनेड र साना हतियारले उचित जवाफ दिए र उनीहरूलाई पछि हट्न बाध्य पारे । तर अन्तत: चीन एउटा विशेष रणनीतिका साथ अघि बढ्यो । थापा एउटा बङ्करबाट शत्रुमाथि गोली चलाइरहेका थिए । त्यसपछि चीनले बंकरमा एउटा बम खसाल्यो । विस्फोट हुनुअघि नै बंकरबाट हामफालेर आफ्नो हातले शत्रुलाई मार्न थाले । तर, उनी लामो समयसम्म लड्न सकेनन् र कैदी बनाइयो । दुर्भाग्यवश, भारतीय सेनालाई यो कुरा थाह थिएन ।

सेनाले थापा आफ्ना सहकर्मीसहित रणभूमिमा शहीद भएको अनुमान गर्यो । अर्कोतर्फ थापा शहीद भएको खबर उनको परिवारले प्राप्त शोकमा डुबे । शोकबाट बाहिर निस्केर थापाको अन्त्येष्टि गरियो । भारत सरकारले उनको बहादुरीको सम्मान गर्दै परमवीर चक्र सम्मान दिने घोषणा पनि गर्यो । तर थापाको कथा यत्तिमै टुंगिएको छैन् ।

युद्ध समाप्त भएपछि चीनले भारतलाई एउटा सूची हस्तान्तरण गर्यो । यस सूचीमा युद्धको समयमा बन्धक बनाएकाहरूको नाम थियो । मेजर थापा पनि उक्त सूचीमा थिए, उनको नाम देखेर सबै दंग परे । सन् १९६३ मे १० का दिन मृत्युलाई परास्त गरेर थापा चीनबाट फर्केपछि उनलाई जंगी अड्डालगायत सम्पूर्ण भारतले भव्य स्वागत गरेको थियो ।

चिनियाँ जेलमा परेपछि उनले विभिन्न प्रकारका यातना भोग्नुपरेको थियो । तर उनी शत्रुका अगाडि झुकेनन् । चीनबाट फर्केपछि थापा केही वर्ष सेनामा रहे । पछि, जब उनी सेवानिवृत्त भए, उनी आफ्नो परिवारसँग लखनउमा थिए । सेप्टेम्बर ५, २००५ मा सधैंका लागि यो दुनियाँबाट विदा भएका हुन् ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस