२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

किशोर अमेरिकी जागिर छाडेर गाउँ फर्के, २० गाईबाट सुरु भएको डेरी ४४ करोड पुग्यो

काठमाडौं । जागिर सबैलाई मन पर्दैन । जागिरमा हुँदा ९ देखि ५ को ड्युटी गरेर पैसा कमाउन सकिन्छ । तर जागिरमा भएका अक्सर मानिसहरु आफ्नो कामसँग सन्तुष्ट हुँदैनन् । त्यहीँ ठाउँबाट उठेर कति मानिसहरु व्यापारको दुनियाँमा आफ्नो पहिचान बनाउन सफल हुन्छन् । आईआईटीका पूर्व छात्र किशोर इन्दुकुरीले यस्तै गरेका छन् । उनी अमेरिकामा ठूलो तलबको काम गरिरहेका थिए । तर आफ्नो खुशीको लागि, एक दिन उनले आफ्नो आरामदायी जिन्दगी छोडे, ताकि आफैले केहि सुरु गर्न सकून् ।

भारत फर्केपछि उनले २० वटा गाई किनेर डेरी फार्मिङमा आफ्नो भाग्य चम्काए । प्रारम्भिक कठिनाइहरू पछि, उनको कडा परिश्रमको फल मिल्यो । आज इन्दुकुरीको डेरी ४४ करोड भारुको कम्पनी बनेको छ । इन्टेलको जागिर छोडेर किशोरले हैदरावादमा सिड्स फार्म नामक डेरी फार्म सुरु गरेका छन् । ग्राहकहरूलाई सब्सक्रिप्शनको आधारमा बिना मिसावट दूध वितरण गरिरहेका छन् ।

उनको आइडियाले काम गर्यो र कम्पनी अघि बढ्दै गइरहेको छ । किशोर मूल रुपमा भारत कर्नाटकका हुन् । आइआइटी खड़गपुरबाट इन्जिनियरिङको डिग्री लिएपछि उनी उच्च शिक्षाका लागि अमेरिका गएका थिए । आफ्नो अध्ययन पूरा गरेपछि उनी प्रसिद्ध अमेरिकी कम्पनी इन्टेलमा जागिर पाउन सफल भए । उनले इन्टेलमा करिब ६ वर्ष सेवा गरे । सन् २०१२ मा उनले जागिर छोडेर आफ्नै डेरी खोले । आज यो कम्पनीले हरेक दिन करिब १०,००० ग्राहकलाई दूध डेलिभरी गर्दै करोडौंको व्यापार गरिरहेको छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस