२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पखेटाले मात्रै हुँदैन्, उड्न हिम्मत चाहिन्छ, नेहाले बनाइन् ९ अर्ब डलरको कम्पनी !

काठमाडौं । नेहा नारखेडे (Neha Narkhede) भारतकी सबैभन्दा कान्छी सेल्फ मेड महिला उद्यमी हुन् । महाराष्ट्र पुणेकी नेहा नारखेडेले सानै उमेरदेखि कठिनाइलाई हराउन सिकिन् । भनिन्छ, जिवित सपना देख्नेहरू मात्र गन्तव्यमा पुग्छन् । पखेटा भएर मात्र केही हुदैन, उड्नलाई साहस चाहिन्छ । नेहाले उच्च मनोबलका साथ सानै उमेरमा ठूलो सफलता हासिल गरिन् । नेहा अध्ययनका लागि अमेरिका गएकी थिइन् । नेहाले अमेरिकामा कम्पनी खोलिन् ।

उनको मेहनतले आज त्यो कम्पनीको मूल्य ९ अर्ब डलर पार गरेको छ । हालै फोर्ब्सले उनलाई अमेरिकाको सेल्फ मेड धनी महिला (America’s Richest Self-Made Women) को सूचीमा समावेश गरेपछि उनको चर्चा थप चुलिएको हो । तर, नेहाले यो सफलता त्यति सजिलै पाइनन् । यसका लागि उनले दिनरात मेहनत गरेकी छिन् । नेहा अरुका लागि उदाहरण पनि भएकी छिन् । विदेश गएर सफलता हासिल गर्ने भारतीयको सूचीमा नेहा पनि परेकी छन् । नेहाले कसरी यति धेरै सफलता हासिल गरिन्, आज हामी तपाईलाई बताउछौँ ।

भारतमा जन्मिएकी नेहा पुणेमा हुर्केकी हुन् । नेहाले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी (Georgia Institute of Technology) बाट कम्प्युटर विज्ञान पढेकी छिन् । उनले लिंकडेन (LinkedIn) मा काम गरेकी छिन् । त्यसपछि उनले अमेरिकामा आफ्नै कम्पनी कन्फ्युएन्ट (Confluent) सुरु गरिन् । उनको कम्पनीको आईपीओ सन् २०२१ मा आएको थियो । नेहाले भारतको आठौं धनी महिलाको उपाधि जितेकी छिन् । नेहालाई अमेरिकाकी सबैभन्दा सफल महिला उद्यमीमा गनिन्छिन् ।

आफ्नो सफलताको श्रेय बुबालाई दिँदै भन्छिन्, ‘बाल्यकालदेखि नै मेरो बुबाले इन्दिरा गान्धी, किरण बेदी, इन्द्रा नुयी जस्ता महान् व्यक्तिका पुस्तकहरू ल्याउनुभएको थियो ।’ पुणेकी नेहा नारखेडेले पराजय बेहोरेर जितिन् । विभिन्न आरोह अवरोहबीच नेहाले हार मानिनन् । उनको कुल सम्पत्ति ५० करोड डलर भन्दा धेरै छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस