२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आमाको महिमा अपरम्पार : बथानबाट हराएपछि आमा भेट्दा खु:शी हुँदै अँगालो हाल्यो !

काठमाडौं । हात्तीको बच्चा बथानबाट छुट्टिएपछि आमालाई भेट्दा आमालाई अँगालो हालेको दृश्यले सबैलाई भावुक बनाएको छ । भारत, तमिलनाडुको ‘अनामलाई टाइगर रिजर्भ’मा बथानबाट हराएको ४–५ महिनाको हात्तीले फेरि एकपटक आफ्नो आमालाई भेटेको छ । वन्यजन्तु विभागका अधिकारीहरूले ड्रोन प्रयोग गरेर यसको खोजी गरे, जहाँ उ आफ्नो आमाभन्दा धेरै किलोमिटर टाढा घुमिरहेको अवस्थामा फेला परेको थियो । आमालाई भेटेपछि तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रसिद्ध व्यापारी आनन्द महिन्द्राले पनि आफ्नो एक्स (ट्विटर) ह्यान्डलबाट यो तस्विर सेयर गरेका छन् ।

केही साताअघि आमासँगै बथानमा घुमिरहेको हात्तीको यो बच्चा आफ्नो परिवारबाट अलग भएको थियो । बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ वन्यजन्तु अधिकारीहरुले उद्धारको तयारी थाले । एक अधिकारीका अनुसार एक टोलीलाई घटनास्थलमा पठाइयो, जहाँ उसलाई अन्तिम पटक आमासँग देखिएको थियो । त्यसलाई पत्ता लगाउन ड्रोन क्यामेराको सहयोग लिएर करिब तीन किलोमिटरसम्म खोजी गरिएको थियो । जब अधिकारीहरूले उसलाई भेट्टाए, तब उ आफ्नी आमालाई खोजिरहेका थियो ।

अधिकारीहरूका अनुसार यसलाई सुरक्षित स्थानमा ल्याइयो अनि त्यसपछि नुहाएर माटो लगाइयो ताकि मानिसको गन्ध हटाउन सकियोस् । त्यसपछि आमा भएको बथानमा छोडियो । त्यसपछि हात्तीको बच्चाले आफ्नी आमालाई भेट्न सक्यो । भारतीय वन सेवाका अधिकारी सुप्रिया साहुले एक्समाउद्धार अपरेशनको भिडियो र तस्विरहरू साझा गरेकी छिन् । हात्तीको बच्चाले आफ्नो आमालाई भेटेपछि उद्धारमा संलग्न सबै व्यक्तिहरूको प्रशंसा गरेकी छिन् ।

उनले आफ्नो पोस्टको क्याप्सनमा लेखेकी छन्, ‘जब एउटा तस्विर लाखौं शब्दको हुन्छ । उद्धार गरिएको हात्तीको बच्चा ठूलो बथानमा सामेल हुनु अघि आमाको सान्त्वनादायी काखमा दिउँसो निद्रा लिइरहेको छ ।’ उनका अनुसार यो तस्विर अनमलाई टाइगर रिजर्भका वन कर्मचारीले खिचेका हुन् । आनन्द महिन्द्राले पनि सुप्रिया साहुको यो तस्विर रिट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘कति राम्रो तस्विर । तपाईको अद्भुत र भावनात्मक यो अन्तिम शट हुन सक्छ ।’

यो पोस्टलाई एक्समा लाखौँ पटक हेरिएको छ । तस्विर हेरेर मानिसहरु भावुक भएका छन् । यो पोस्टमा एक प्रयोगकर्ताले लेखे, ‘आमाको काखमा शान्तिपूर्वक सुतिरहेको हात्तीको बच्चाले जनावरको संसार धेरै नाजुक तर बलियो छ भनेर देखाउँछ ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो तस्विर हेर्दा निकै सुन्दर अनुभूति हुन्छ । म कल्पना गर्न सक्छु कि हात्तीको बच्चा कस्तो महसुस गरिरहेको छ ।’ धेरैले उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस