२०८१ बैशाख १७ गते सोमवार | 2024 April 29th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२१ बर्षकी खुशी बुढामगरले एकै बर्षमा पास गरिन् लोकसेवा आयोगका ७ वटा परीक्षा

काठमाडौं । २१ बर्षकी खुशी बुढामगरले एकै बर्षमा लोकसेवा आयोगका ७ वटा परीक्षा उत्तिर्ण गरेकी छिन् । परिवर्तन गाउँपालिका–४ रोल्पाकी २१ वर्षीया यी खुशीले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण भइ हाल नवलपरासी जिल्लामा मत्स्य प्राविधिक पदमा कार्यरत रहेको भन्दै रोल्पाकी सांसद इश्वरी घर्ती मगरले खुशी व्यक्त गरेकी छिन् ।

उनले एक पोष्ट गर्दै भनेकी छिन्, धेरै धेरै बधाई छ खुशी बहिनी ! (रोल्पाको सान) तपाईंको मेहनत र सफलताले आज रोल्पाको शिर उचो भएको छ भने, पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा मिलेको छ। पुनः बधाई ! आगामी दिनहरुमा थप सफलताको शुभकामना !

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस