
१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो ।
सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् । सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् ।
विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए । सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।
प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार