२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा गम्भीर समस्या देखिएपछि…

१७ वैशाख, काठमाडौं । काठमाडौंबाट भारतको बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ । यो सोमबार बिहानको घटना हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो । सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो । सामान्यतया समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन्,’ उनले भने, ‘यो सोही प्रक्रिया हो ।’ हवाई उडान सुरक्षित गराउन यस्तो गरिने उनले बताए ।

 

 

 

 

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस