२०८१ जेष्ठ ३ गते बिहिवार | 2024 May 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी

लमही, १७ बैशाख । लुम्बिनी प्रदेशको राजधानीमा दमकल समेत गाउँ जाने बाटो बन्न नसक्दा डढेलोले सिंगो गाउँ नै सखाप बनाएको छ । देउखुरीको स्थानीय सरकारसँगै प्रदेश सरकार भएको गाउँमा दमकल नपुग्दा स्थानीय आफ्ना घर आफै अगाडि जलेको टुलुटुलु हेर्न बाध्य भएका छन् । राजपुर ७ हाडबासमा भएको घटनाले प्रदेश राजधानीलाई नै गिज्याएको छ ।

आइतबार लुम्बिनी प्रदेश राजधानी देखि करिब १ सय किलो मिटरको दुरिमा भीषण आगलागी हुँदा २५ बढी घर–गोठ जलेर नष्ट भए । गोठ सहित अरू क्षतिको एकिन भएको छैन । जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप बनायो । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीकै आँखा अगाडि गाउँ सखाप भयो । उनी भन्छन–‘हाम्रो अगाडीनै घर–गोठहरू जलिरहेका छन् । गोठहरू कति जलेका छन् एकिन भएको छैन, तर २५ घर जलेर नष्ट भए, क्षतिको बिवरण आएको छैन अध्यक्ष बुढाथोकीले भने । अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाका सबै गाउँमा सडक सन्जाल पुराउने नारा सहित निर्वाचित भएका थिए । निर्वाचन भएको २ वर्ष पूरा हँुदा सम्म पनि विकट पालिका भएका कारण प्रदेस सरकारले सहयोग नगरेको गुनासो गरे ।
कम्तिमा पनि दमकल पुग्ने सडक भएको भए यति धेरै क्षति नहुने नागरिक समाज दाङका संयोजक निम बहादुर थापा बताउँछन । उक्त आगलागी घटनामा पुगेका पालिका अध्यक्ष बुढाथोकीको सडक नभएकै कारण क्षति भएको तर्फ ध्यानाकर्षण हँुदैन बरु राहतको लागि पालिकाबाट आइतबारै अग्नि पीडितहरूलाई खाद्यान्न स्वरूप राहत प्रदान गर्न नेपाल रेडक्रस सोसाइटी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, भिटा परियोजनालाई राहत संकलन कार्य गरिदिन आग्रह गर्छन ।

उता लुम्बिनी प्रदेश सरकार उक्त आगलागीको घटनावरे जानाकारि नै नभएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिव खिमानन्द ज्ञवालीले बताए । यो पहिलो घटना होइन केही दिन अगाडि राजपुरका आधा दर्जन र लमही नगरपालिका–९ तेलियामा वनको डडेलो गाउँमा पसेर ३ धर जकेर नस्ट भएका थिए भने एक बृद्दको आगलागीमा परेर ज्यान गएको थियो । एक पुरुषले आफ्नो घर जोगाउन घरको धुरिमा पानीको बाल्टी राखेर बसेको कारुणिक दृश्य देखियो ।

चैतको दोस्रो साता देखि देउखुरीका अधिकांश वनमा डडेलो सुरु भएको हो । आगलागीबाट केही सामुदायिक वनमा कटान मुद्दान गरि घाटगद्दी गरिएका करडौका काठ, जरिबुटी नष्ट भैअहेका छन । तर सरोकारवाला निकायहरू स्थानीय, प्रदेश सरकार, वन डिभिजन कार्यलयहरू मौन देखिन्छन । आइतबार भएको आगलागीको क्षतिको विवरण भने यकिन नभएको आगलागी भएको स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरूको सक्रियतामा कुवाको पानीमा मोटर जडान गरि आगो निभाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख (प्रहरी निरीक्षक) नवीन वलीले जानकारी दिइन ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस