२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रिसिइबी साँध्न छिमेकीकी ३ वर्षीया छोरीको हत्या, बिस्कुटमा फकाएर हत्या गर्ने आमाछोरी पक्राउ

१७ वैशाख, जनकपुरधाम । सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेकाछन् । सोनावतीकी श्रीमान् धनिकलाल यादव भने फरार छन् । छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

डिएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् । खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो । मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको डिएसपी सापकोटाले बताए ।

अनुसन्धानको क्रममा परिवारसँगको रिसिइबी साँध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ । उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसिइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डिएसपी सापकोटाले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस