२०८१ जेष्ठ ४ गते शुक्रवार | 2024 May 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तथापि, यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस