२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नग्न महिलाको तस्विरमा अनुहार मात्र जोडेर सामाजिक सञ्जालमार्फत् युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ

काठमाडौं । एक युवतीको अनुहारमा नग्न महिलाको तस्विर जोडेर सामाजिक सञ्जालमार्फत् चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ परेका छन्। पक्राऊ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. १७ हाँडीगाउँ कृष्ण मन्दिर स्थायी वतन भई सोही स्थान बस्ने बर्ष २७ को अभिनाश प्रधान खुल्न आएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीका अनुसार पक्राऊ परेका प्रधानले पीडित युवतीसँग सामाजिक सञ्जाल फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिएपछि पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको सामाजिक सञ्जाल (म्यासेन्जर) मा पठाएका थिए।

यसरी मानसिक यातना दिई चरित्र हत्या गरेको भन्दै पीडित युवतीले आवश्यक कारबाही गरी पाउँ भनी ब्यूरोमा निवेदन दिएपछि प्राविधिक विश्लेषण सहितको प्रारम्भिक अनुसन्धान गर्ने क्रममा कसूरदार भेटिएकाले प्रधानलाई पक्राऊ परेका बुझिएको छ।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति बिहीबार गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट दिन पाँच ९५० म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस