टर्कीले अवैधरुपमा बसेका पाँच नेपालीलाई निष्काशन गरेको छ। उनीहरू शनिबार टर्किस एयरलाइन्सबाट काठमाडौं आइपुगेका थिए। प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरू जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा हुन्।
युरोप र अमेरिका जाने प्रयासमा रहेका उनीहरूलाई मानव तस्करीको सञ्जालले टर्की पुर्याएको हुन सक्छ। उनीहरूले राहदानी बोकेका थिएनन् र ट्राभल डकुमेन्ट प्रयोग गरेर नेपाल फर्किएका छन्। टर्कीमा उनीहरूले के काम गरे भन्ने अझै खुल्न बाँकी छ।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

