२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

कार जोतेर ३५ जनाको ज्यान लिने चालकलाई चीनमा मृत्युदण्ड

काठमाडौं । चीनमा आफूले चलाएको कार जोतेर ३५ जनाको ज्यान लिने एक चालकलाई मृत्युदण्डको फैसला सुनाइएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत नोभेम्बरमा कार जोतेका फा वेइछिउलाई मृत्युदण्ड दिइएको हो । ६२ वर्षका चालकले ३५ जनाको ज्यान लिनुका अतिरिक्त दर्जनौंलाई घाइते पनि बनाएका थिए ।

चीनको दक्षिणी सहर चुन्हाईमा घटेको त्यो घटनालाई चीनको सवारी इतिहासमा पछिल्लो दशकमा घटेको एक खराब घटनाको रुपमा लिइएको छ । गत डिसेम्बरका ती चालक चिनियाँ अदालतबाट दोषी करार भएका थिए ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस