२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिए

फाइल तस्विर

काठमाडौं । स्थायी बसोबासका लागि सन् २०२४ मा ६६ हजार ८३५ नेपालीले देश छाडेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ३२ हजार २८७ महिला र ३४ हजार ५४४ पुरुष छन्।

एक वर्षमा कुल १६ लाख ७४ हजार २२५ नेपाली विदेशिएका छन्, जसमा अस्थायी बसोबासका लागि १ लाख ८२७ जना रहेका छन्।

सन् २०२३ मा ७० हजार ९१५ नेपाली स्थायी बसोबासका लागि गएका थिए, तर यो वर्ष संख्या ६६ हजारमा झरेको छ। तर, अस्थायी बसोबासमा जानेको संख्या बढेको छ।

कामको खोजीमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन्, जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन्। अध्ययनका लागि १ लाख १९ हजार ४०९, स्वास्थ्य उपचारका लागि १८ हजार ७१३, यूएन मिसनमा ५ हजार ८४७ र खेलकुदका लागि २ हजार ६८९ जना विदेश गएका छन्।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस