२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

झापाको अमला काण्ड भन्दै भिडियो बनाउने ३८ युट्युब च्यानल कारबाहीमा (पत्रसहित)

प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ।

च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको आरोपमा साइबर ब्युरोमार्फत कानूनी कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस