२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

नेपालमा फेसबुकसहित सामाजिक सञ्जाल बन्द हुँदै? टिकटक चल्ने-यस्तो छ सरकारी चेतावनी

A new feature added by Facebook recently

काठमाडौं। नेपाल सरकारले एक महिनाभित्र दर्ता नभए फेसबुक, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा तोकिएको समयभित्र सूचीकरण नभए नेपालभित्र सञ्चालनमा रोक लगाइने उल्लेख छ। मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने कम्पनी वा संस्थालाई सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न आग्रह गरेको छ।

हालसम्म भाइबर, टिकटक, र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन्। सरकारले सामाजिक सञ्जालहरूको जिम्मेवारी बढाउन, अनलाइन दुरुपयोग रोक्न, र डिजिटल स्पेसलाई सुरक्षित बनाउन यो कदम चालेको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस