२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेकी भूपेश्वरीको प्यानल पद्मकन्या क्याम्पसमा विजयी

काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा स्वतन्त्र प्यानल विजयी भएको छ।

नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानलले जित हासिल गरेको हो। अध्यक्ष पदमा ऐरले ७३० मत प्राप्त गर्दा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्र पाएकी छन्। ऐर यसअघि स्ववियुकी सचिव थिइन्।

उनी कांग्रेस महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल र कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस