२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

भक्तपुरमा खोटाङका ओम प्रकाशको मृत्युमा नयाँ ट्विस्ट, के भन्छ प्रहरी ?

काठमाडौं । आइतबार बिहान ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए। मृतकको शव रगतले लतपतिएको अवस्थामा भुइँमा फेला परेको थियो। दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र रगत लतपतिएको ढुंगा भेटिएको थियो।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक रूपमै हत्या जस्तो देखिन्छ। मृतकका छोरा घटनास्थलमा आएर शवको सनाखत गरेका छन्। मृतकको नाम ६० वर्षीय ओम प्रकाश राई भएको र उनी खोटाङका निवासी रहेको पुष्टि भएको छ। राई कवाडीको सामान संकलन गर्ने काम गर्थे।

प्रहरीको भनाइ अनुसार राईसँगै दुई अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै थिए, र उनीहरुलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको छ। राईको हत्या शनिबार राति भएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीका अनुसार शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए। पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ। भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि केएमसी अस्पताल पठाइएको छ र अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस