२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

सरकारलाई कुलमानको काउन्टर : अदालत जानेदेखि यी हुन् खुला विकल्प

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको बर्खास्ती निर्णयविरुद्ध अदालत जाने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।

बर्खास्तीको कारण नखुलाइ हटाइएपछि घिसिङले कानुनी लडाइँबारे कानुनविदहरूसँग छलफल थालेका छन् । स्रोतका अनुसार, उनले अदालत जाने वा पत्रकार सम्मेलन गरी विद्युत् महसुल नतिर्नेहरूको नाम सार्वजनिक गर्ने विषयमा विचार गरिरहेका छन् ।

मंगलबार बिहानसम्म घिसिङलाई बर्खास्तीको पत्र प्राप्त नभएकाले, पत्र आएपछि कुनै एक विकल्प रोज्ने तयारीमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस