२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कुलमानको बर्खास्तीपछि बानेश्वरमा तनाव, मन्त्रीको पुत्ला दहन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा गरिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेपछि तनाब सिर्जना भएको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन् ।

यसैक्रममा, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन् । घिसिङको बर्खास्तीविरुद्ध चौतर्फी विरोध जारी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस