२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

अहिलेसम्म कुलमानको बर्खास्ती प्रमाणित किन भएन् ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भइसकेको छैन।

मुख्य सचिवले निर्णय प्रमाणित गर्न बाँकी रहेकाले घिसिङले बर्खास्तीको पत्र पाएका छैनन्, भने शाक्यले पनि नियुक्ति पत्र हात पार्न सकेका छैनन्। मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर मन्त्रालयमा पुगेपछि मात्रै कार्यान्वयन हुने भएकाले प्रक्रिया ढिलाइ भएको सरकारी स्रोतको भनाइ छ।

यसैबीच, घिसिङ मंगलबार प्राधिकरणमा उपस्थित भएनन्, तर सडकमा उनको पक्षमा प्रदर्शन जारी छ। पत्र प्राप्त हुनासाथ उनी कानुनी उपचारका लागि अदालत जाने तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस