२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कुलमान घिसिङको असर : गुल्मीमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको विरोधमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाले गुल्मीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

पार्टीका जिल्ला सचिव अशोक थापाले घिसिङको बर्खास्तीको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको जानकारी दिए। पुत्ला दहनको समयमा जिल्ला प्रशासन कार्यालय अगाडि शङ्ख बजाउँदै र ओलीको राजीनामा माग्ने नारा लगाइएको थियो।

सो अवसरमा माओवादी केन्द्रका कार्यकर्ताले कुलमान प्रकरणलाई लिएर विरोध जनाउँदै ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन्। मन्त्रिपरिषद् बैठकले सोमबार कुलमानलाई हटाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस