काठमाडौं । काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिएको भेटिएको छ। ‘….देश छोड’ भन्ने नारा डिस्प्ले भएसँगै सो नारा सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ। रोटरी क्लबका पदाधिकारीहरूले प्रहरीलाई जानकारी दिँदै भनेका छन् कि उक्त नारा ह्याक गरेर बोर्डमा डिस्प्ले गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा बोर्डको सिस्टम ह्याक भएको पाइएको छ।
प्रहरी प्रधान कार्यालयले विस्तृत अनुसन्धान सुरु गरेको छ र सूचना प्रविधि निर्देशनालयले सो बोर्डलाई आफ्नो नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीका अनुसार, सूचना प्रविधि निर्देशनालयले बोर्ड निकालेर थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

