काठमाडौं । काठमाडौँमा आज (शुक्रबार) राजावादी समूह र समाजवादी मोर्चाका प्रदर्शनलाई ध्यानमा राख्दै नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ।
दूतावासले आफ्ना नागरिकहरूलाई जानकारी दिंदै भन्यो कि प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा यातायात अवरोध हुनसक्छ, जसले दैनिक जीवनमा असहज अवस्था सिर्जना गर्न सक्छ। साथै, परिस्थितिको अनुकूलनका लागि स्थानीय प्रशासनले छोटो समयमा कर्फ्यू पनि लगाउन सक्छ। यसैले, दूतावासले काठमाडौँमा रहेका आफ्ना नागरिकहरूलाई नियमित मिडिया अपडेट प्राप्त गर्न र भीडभाडयुक्त स्थानबाट टाढा रहनको लागि आग्रह गरेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

