२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राजावादी र गणतन्त्रवादीको प्रदर्शनको तोड, काठमाडौंका सीडीओ के भन्छन्?

काठमाडौँ । शुक्रबार काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शन हुने भएका कारण यातायातमा अवरोध आउन सक्ने अनुमान गरिएको छ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजावादी समूहले क्रमशः प्रदर्शनीमार्ग र तीनकुनेमा मञ्च तयार गरेका छन्। यस प्रदर्शनको कारण काठमाडौँको सडक यातायातमा अवरोधका कारण सर्वसाधारणलाई असजिलो हुनसक्ने छ।

तर, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले भने, प्रदर्शनको प्रभाव केवल तीनकुने र प्रदर्शनी मार्गमा मात्र पर्नेछ र अन्य स्थानमा जनजीवनमा कुनै असर नपर्ने बताएका छन्।

ट्राफिक प्रहरीले यातायात व्यवस्थापनका लागि वैकल्पिक योजना बनाइरहेका छन्, तर अझै कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस