२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

आलिशान घरमा ३५ करोडमा शारीरिक भोकको कबोल : दम्पतिको घिनलाग्दो व्यापारको पर्दाफास !

काठमाडौं। भारतको नोएडा सेक्टर १०५ मा रहेको एउटा विलासी बंगलामा श्रीमान्-श्रीमती मिलेर पोर्नोग्राफिक भिडियोको अवैध कारोबार सञ्चालन गरिरहेको खुलासा भएको छ। प्रवर्तन निर्देशनालय (ईडी) ले मार्च २८, २०२५ मा गरेको छापामारीमा यो र्‍याकेट पर्दाफास भएको हो। अभियुक्त उज्ज्वल किशोर र उनकी श्रीमती नीलु श्रीवास्तवले सब–डिजी भेन्चर्स प्राइभेट लिमिटेड नामक कम्पनीको आडमा यो कालो धन्दा चलाउँदै आएका थिए।

ईडीले छापा मार्दा त्यहाँ मोडेलहरूको अश्लील भिडियो खिचिँदै गरेको अवस्थामा रंगेहात फेला पर्‍यो। टोलीले दुई अभियुक्तलाई पक्राउ गर्नुका साथै १२ लाख रुपैयाँ भन्दा धेरै नगद बरामद गरेको छ। अनुसन्धानबाट यो जोडीले सामाजिक सञ्जालमार्फत मोडेलहरूलाई मोडलिङको बहानामा बोलाएर लाइभ क्यामेरामा अश्लील भिडियो बनाउने र विदेशी कम्पनीलाई बेच्ने गरेको खुलेको छ।

अभियुक्तहरूले साइप्रसस्थित टेक्नियस लिमिटेड नामक होस्टिङ कम्पनीसँग सम्झौता गरेका थिए, जसले ठूला अश्लील वेबसाइटहरू सञ्चालन गर्छ। फेसबुक र एक्सजस्ता प्लेटफर्ममा मोडलिङको विज्ञापन दिएर मोडेलहरूलाई आकर्षित गरिन्थ्यो। बनाइएका भिडियोहरू टेक्नियस लिमिटेडलाई पठाइन्थ्यो, जसले ती सामग्री अन्तर्राष्ट्रिय वेबसाइटहरूमा अपलोड गर्थ्यो। कमाइको ७५ प्रतिशत यो जोडीले राख्थे भने २५ प्रतिशत मात्र मोडेलहरूलाई दिइन्थ्यो।

विदेशी मुद्रा व्यवस्थापन ऐन उल्लङ्घनको शंकामा ईडीले सुरु गरेको अनुसन्धानमा कम्पनीको खातामा २५ करोड रुपैयाँ विदेशबाट आएको पाइयो। थप अनुसन्धानले नेदरल्याण्ड्समा रहेको अर्को खातामा ११ करोड पठाइएको र त्यो रकम भारतमा डेबिट कार्डमार्फत निकालिएको खुलासा भयो। यसरी कुल ३५ करोडभन्दा बढीको कारोबार भएको पुष्टि भएको छ। अभियुक्तहरूले बैंकमा विज्ञापन र बजार अनुसन्धानको काम गरेको भन्दै झुटो विवरण पेस गरेका थिए।

मुख्य अभियुक्त उज्ज्वल किशोर पहिले रूसमा यस्तै सिन्डिकेटमा संलग्न थिए। भारत फर्किएपछि उनले श्रीमती नीलुसँग मिलेर पाँच वर्षदेखि यो अवैध धन्दा चलाउँदै आएका थिए। ईडीले यो र्‍याकेटको थप अनुसन्धान गरिरहेको छ, जसले नोएडामा यस्ता कालो कारोबारको जालो अझ ठूलो हुन सक्ने संकेत गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस