२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

भिसाको सामान्य गल्तीले अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध, नेपालस्थित दूतावासको चेतावनी

USA Flag

काठमाडौं । अमेरिकाले भिसाका लागि गलत जानकारी पेस गर्दा स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धको चेतावनी दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै कन्सुलर अधिकृतहरूले पछिल्ला ठगी र नक्कली कागजातसम्बन्धी घटनाका प्रवृत्ति र प्रविधिका बारेमा जानकारी राखेको र यस्ता कागजात पेश गरेमा भिसा आवेदन अस्वीकृत गरी अपराधको जोखिममा पर्न सकिने उल्लेख गरेको छ।

‘के तपाईंलाई थाहा छरु कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्तिहरूको बारेमा जानकारी राख्छन्। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेश गर्नुभयो भने तपाईंलाई स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध र आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ,’ दूतावासले भनेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस