२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राजावादी प्रदर्शनबारे भारतदेखि अमेरिकासम्म चर्चा: कसले के भने?

काठमाडौं । शुक्रबारको हिंसात्मक राजावादी प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि प्राथमिकता दिएका छन्।

द न्यूयोर्क टाइम्स ले ज्ञानेन्द्र शाहको पक्षमा भएको आन्दोलनले दुई जनाको मृत्यु र दर्जनौं घाइते भएको उल्लेख गर्दै नेपालमा शाहको छवि विवादित रहेको बताएको छ।

द गार्डियन ले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै प्रदर्शन हिंसात्मक बनेको र गणतन्त्र समर्थकले काउन्टर प्रदर्शन गरेको जनाएको छ।

युरोन्यूज ले ज्ञानेन्द्र शाहका केही समर्थक देखिए पनि उनी सत्तामा फर्किने सम्भावना न्यून रहेको उल्लेख गरेको छ।

भारतको सीएनएनन्यूज१८ ले नेपालमा राजसंस्था फर्किन असम्भव रहेको विश्लेषण गरेको छ।

द हिन्दु ले २० वर्षअघि ज्ञानेन्द्र शाहको कू सम्झाउँदै अहिले सेनासमेत सडकमा देखिएको जनाएको छ।

शुक्रबार अपराह्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो भने सेनासमेत परिचालन गरिएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस