२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राप्रपा महामन्त्री पक्राउ परेकोबारे संसदलाई जानकारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ परेका छन्। सभामुख देवराज घिमिरेले संसदमा उनको पक्राउबारे जानकारी गराएका हुन्।

शुक्रबार तिनकुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि त्यसलाई उक्साएको आरोपमा राणा पक्राउ परेका थिए। अब उनलाई फौजदारी अभियोगमा अनुसन्धान अघि बढाइनेछ।

नेपालको संविधानको धारा १०३ अनुसार सांसद पक्राउ परेमा संसद सचिवालय र सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार सभामुखले सदनलाई जानकारी गराएका हुन्।

यसै प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, अधिवक्ता स्वागत नेपाललगायत पक्राउ परिसकेका छन्, भने आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाई फरार रहेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस