२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

तीनकुने घटना: प्रहरीको गोलीबाट मृत्यु भएका सविनको पोस्टमार्टम सकियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पोस्टमार्टमपछि आजै उनको अन्तिम संस्कारको तयारी गरिएको छ।

कीर्तिपुर नगरपालिका-४ निवासी २९ वर्षीय महर्जन प्रहरीको गोली लागेर घाइते भएका थिए। टिचिङ अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

उक्त घटनामा समाचार संकलन गरिरहेका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो। उनको भने अझै पोस्टमार्टम गरिएको छैन।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस