२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

प्रदर्शनमा उत्रिएका शिक्षकलाई मेयर बालेनको धन्यवाद, जरिवाना होइन चेतना चाहियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार प्रदर्शनमा सहभागी शिक्षकहरूले शान्तिपूर्ण रूपमा आन्दोलन गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

उनीहरूले कुनै फोहोर नगरी वा तोडफोड नगरी आन्दोलन गरेको भन्दै मेयर शाहले भने, हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो।

शाहले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै काठमाडौंको प्रदर्शनको अनुशासित दृश्य शिक्षकहरूले आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्नुपर्ने बताए। सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै सम्पत्ति हो भन्ने मानसिकता विकास गर्दै त्यसलाई जोगाउने चेतनशील समाज निर्माण गर्नु मुख्य लक्ष्य भएको उनले प्रस्ट पारे।

‘यही शिक्षा तपाईंहरूले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोला। हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ। तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ,’ मेयर शाहले भने।

उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न शिक्षकहरूलाई आग्रह गर्दै ‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो, आशा छ, एकदिन आफ्नो अधिकारका लागि काठमाडौं धाइरहनु नपरोस्,’ भने।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस