२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ट्रम्पले नेपालमाथि लगाए १० प्रतिशत भन्सार शुल्क, कुन देशमा कति (सूचीसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबाट आयात हुने सबै वस्तुहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

ट्रम्पले ‘लिबरेशन डे’ भनिएको नयाँ व्यापार नीतिअन्तर्गत यो निर्णय अप्रिल ५, २०२५ बाट लागू हुने जनाएका छन्। यो शुल्क सबै देशहरूमा समान रूपमा लागू हुने र नेपाल पनि यसबाट अछुतो रहन नसक्ने भएको हो।

अमेरिकाले यो ‘पारस्परिक भन्सार शुल्क’ लाई अन्य देशहरूले अमेरिकी वस्तुहरूमाथि लगाएको शुल्कसँग मेल खान्छ भनी प्रस्तुत गरेको छ।

ट्रम्प प्रशासनका अनुसार, नेपालले अमेरिकी उत्पादनहरूमा करिब १० प्रतिशत भन्सार शुल्क लगाउँछ, त्यसैले अमेरिकाले पनि उस्तै दरमा शुल्क फिर्ता लगाएको हो। यद्यपि, नेपालको तर्फबाट अमेरिकी वस्तुहरूमाथि लगाइने शुल्कको यकिन विवरण भने स्पष्ट भइसकेको छैन।

यो निर्णयले नेपालबाट अमेरिका जाने निर्यात वस्तुहरू, जस्तै कपडा, हस्तकला र अन्य उत्पादनहरूको मूल्य वृद्धि हुन सक्ने र दुई देशबीचको व्यापारमा असर पर्ने छ।

 

 

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस