काठमाडौं । अमेरिकाले भेनेजुयलाको आपराधिक समूह ‘ट्रेन दि अरागुआ’मा संलग्नताको आरोपमा झन्डै २ सय ५० जनालाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएको छ। तीमध्ये किल्मार अब्रेगो गार्सिया नामक एक व्यक्ति भने वैध आप्रवासी थिए, जो वर्क परमिट सहित अमेरिकाको मेरिल्याण्डमा बस्दै थिए।
ट्रम्प प्रशासनले गार्सियालाई डिपोर्ट गरेपछि उनले अदालतमा मुद्दा दर्ता गरेका थिए। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सरकारले स्वीकार गरेको छ कि गार्सियालाई गल्तीले डिपोर्ट गरिएको हो।
मेरिल्याण्डको ग्रीनबेल्ट अदालतले ५ अप्रिल सम्म गार्सियालाई अमेरिकामा फिर्ता ल्याउन आदेश दिएको छ। अदालतको सुनुवाइको क्रममा गार्सियाका वकिलहरूले सरकारको गल्ती सुधारेर उनलाई फिर्ता ल्याउन आग्रह गरेका थिए। सरकारी वकिलहरूले भने कि यो आदेशको अपिल गर्न उनीहरू तयारीमा छन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भने, अमेरिकी अदालतको आदेश एल साल्भाडोरमा लागू नहुने बताएका छन् र न्यायाधीशलाई एल साल्भाडोरका राष्ट्रपति नइब बुकेलसँग सम्पर्क गर्न सुझाव दिएका छन्।
गार्सियाको परिवारले सरकारको गल्ती सुधार्ने कुनै प्रयास नभएको भन्दै गुनासो गरेका छन्। गार्सियाको पत्नी र ५ वर्षीय छोरा अमेरिकाका नागरिक हुन्।

