२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

तीन महिनापछि काठमाडौं महानगरका कर्मचारीको खातामा तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले सोमबार तीन महिनापछि तलब पाएका छन्। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सोमबार सबैको तलब खातामा पठाइएको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा बसेपछि तलब प्रक्रिया अवरुद्ध भएको थियो। गत पुस ७ गतेदेखि उनी बिदामा बसेका थिए, जसका कारण कर्मचारी र जनप्रतिनिधिले तीन महिनासम्म तलब नपाएका थिए।

तलब रोकिएपछि कर्मचारीहरूमा असन्तुष्टि चुलिएको थियो। उनीहरूले सरकारप्रति आक्रोशसमेत व्यक्त गरेका थिए।

गुरागाईं बिहीबार कार्यालयमा हाजिर भएपछि शुक्रबार नै तलब दिने प्रक्रिया अघि बढाइएको थियो। हाजिर हुने दिन केहीबेर कार्यालयको अवस्था तनावग्रस्त बनेको भए पनि उनले तलब दिने निर्णय गर्दै काम अघि बढाएका थिए।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस