काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिक्षकहरूको आन्दोलन र उनीहरूको मागका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले सहभागिता जनाएका थिए।
बैठकमा नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनका माग र त्यसका समाधानका उपायबारे छलफल गरिएको थियो। साथै, शिक्षा मन्त्रालयले शिक्षाको गुणस्तर, कानुन निर्माण प्रक्रिया र अन्य थुप्रै मुद्दामा पनि विचार विमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

