२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राप्रपाको सभामा घुसपैठ प्रयास, पक्राउ परेका २ जना को हुन् ?

काठमाडौं । बल्खुमा राप्रपाले आयोजना गरेको सभामा घुसपैठ गरी वातावरण विथोल्ने प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको परिचय खुल्न बाँकी भए पनि प्रहरी र राप्रपाले व्यक्तिहरु नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रहरी प्रवक्ता अपिलराज बोहरा र राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार ती व्यक्तिहरुले सभामा होहल्ला गर्न खोजेका थिए।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहितको सभाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ। वरपरका क्षेत्रहरूमा पनि सुरक्षा सतर्कता बढाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस