काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरेको छ। सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत १३ निर्णय सार्वजनिक गरिएको हो।
निर्णयअनुसार ऊर्जा मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरिएको छ भने बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्ले वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ।


प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार

