काठमाडौं । भारतमा अहिले एक जोडीको सम्बन्ध विच्छेदको खबर निकै चर्चामा छ। रिप्लिङका सहसंस्थापक प्रसन्ना शंकर र उनकी श्रीमती दिव्या शशिधर बीचको व्यक्तिगत विवाद अहिले प्रमुख समाचारमा छ। यो मुद्दा सम्बन्ध विच्छेद, छोराको हिरासत र अन्तर्राष्ट्रिय कानुनी लडाइँसम्म पुगेको छ।
प्रसन्न शंकरले दिव्याको अर्कै पुरुषसँग सम्बन्ध रहेको दाबी गर्दै प्रमाणहरू प्रस्तुत गरेका थिए। दिव्याले प्रसन्नामाथि गम्भीर आरोप लगाउँदै भनेकी छिन् कि प्रसन्ना विवाहपछि अन्य महिलाहरूसँग सम्बन्ध राख्दै थिए र बच्चा जन्मेपछि पनि यौनसम्पर्कको दबाब दिन्थे।
दिव्याले इमेलमा प्रसन्नले एस्कर्टहरूसँग सम्पर्क गरेको र खुला विवाहको सुझाव दिएको खुलासा गरिन्। यस विवादपछि, प्रसन्नले दिव्याले आफ्नो ९ वर्षीय छोरालाई अमेरिका लगेर अन्तर्राष्ट्रिय बाल अपहरणको मुद्दा दायर गरे, तर अमेरिकी अदालतले दिव्याको पक्षमा फैसला सुनायो।
प्रसन्न शंकर सिंगापुरमा आधारित क्रिप्टो सामाजिक सञ्जाल कम्पनीका संस्थापक हुन् र उनले रिप्लिङ कम्पनीका सहसंस्थापकको रूपमा पनि काम गरेका थिए। दिव्या र प्रसन्ना १० वर्षको वैवाहिक जीवनमा ९ वर्षको छोराका अभिभावक छन्।

