२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

तीनकुने घटनाका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार उनीलाई असामबाट पक्राउ गरी नेपाल ल्याउने तयारी भइरहेको छ। घटनामा संलग्न भई प्रहरीलाई नै गाडीले हान्दै फरार रहेका प्रसाईं त्यसपछि सम्पर्कविहीन भएका थिए।

पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गर्दै आफू फरार नरहेको दाबी गर्दै आएका थिए, तर प्रहरीले उनीविरुद्ध जारी गरिएको खोजी प्रक्रिया निरन्तर अगाडि बढाइरहेको थियो।

अब उनलाई नेपाल ल्याएर कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस